close

आइसिटी अवार्ड पुस दोस्रो साता

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १६:५४

आइसिटी अवार्ड पुस दोस्रो साता

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड आइसिटी अवार्ड २०२० आगामी पुस ११ गते आयोजना हुने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने उक्त कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिबीच हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण भने विभिन्न टेलिभिजन, अनलाइन र सोसियल प्लाटफर्ममार्फत हुनेछ । अवार्डको फाइनल कार्यक्रममा विभिन्न ११ विधामा सर्वोत्कृष्ट घोषणा गर्दै अवार्डसँगै पुरस्कार प्रदान गरिनेछ ।

यस वर्षको आइसिटी अवार्डको लागि स्वदेश तथा विदेशबाट ३५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ । गत भदौ महिनादेखि सुरु भएको अवार्डको छनौट प्रक्रिया यस वर्ष भर्चुअल रूपमा सञ्चालन गरिएको थियो ।

२५ भन्दा बढी भर्चुअल मिटिङ आयोजना भएको र छनौट प्रक्रियाको लागि उच्चतम रूपमा प्रविधिको प्रयोग गरिएको जुरी संयोजक सुशील पोखरेलले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४