close

डिशहोममा क्लिन फिड सहित स्टार नेटर्वकका च्यानलको प्रसारण सुरु

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १९:४७

डिशहोममा क्लिन फिड सहित स्टार नेटर्वकका च्यानलको प्रसारण सुरु

काठमाडौं । नेपालमा लागू भएको क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि प्रसारण रोकिएको स्टार नेटवर्कका च्यानलको प्रसारण सुरु भएको छ । डिशहोमले सोमाबारदेखि स्टार नेटवर्कका च्यानलको प्रसारण सुरु गरेको हो ।

विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापनरहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानल पुनः प्रसारण भएका हुन् । अहिले उक्त च्यानल विज्ञापनरहित (क्लिन फिड) सहित प्रसारणमा आएका छन् ।

डिशहोमका अनुसार स्टार नेटवर्कअन्र्तगतका स्टार प्लस एचडी, स्टार गोल्ड एचडी, स्टार भारत एचडी, स्टार मुभी एचडी, स्टार गोल्ड एचडी, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट एचडी, स्टार मुभी, स्टार भारत, स्टार मुभी सेलेक्ट एचडी, स्टार गोल्ड, स्चार प्लस एसडी, स्टार उत्सव मुभीलगायतका च्यानल सोमबारदेखि डिशहोममा उपलब्ध भएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४