close

सफ्ट्वेरिका कलेजले सुरु गर्‍यो इनोभेसन हब, उत्कृष्ट परियोजनालाई ५ लाख अनुदान

टेकपाना टेकपाना

पुस २, २०७७ ११:२२

सफ्ट्वेरिका कलेजले सुरु गर्‍यो इनोभेसन हब, उत्कृष्ट परियोजनालाई ५ लाख अनुदान

काठमाडौं । सफ्ट्वेरिका कलजे अफ आईटी एन्ड ईकमर्सले बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ । कलेजले नेपालमा बेलयातको कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ

पढाईसँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । उनका अनुसार आर्थिक अभावका कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिइनेछ ।

इनोभेसन हबमा कम्प्युटर, थ्रीडी प्रीन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत  परियोजनाको आवश्यकता अनुसारको उपकरण सुविधा भएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए । इनोभेसन हबमा उत्कृष्ट कार्य गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरी थप अवसर दिलाइने बताइएको छ ।

गृहकार्यभन्दा बाहिर गएर विद्यार्थीले स्वतन्त्रतापूर्वक आफ्नो अनुसन्धान अगाडि बढाउन सक्ने इनोभेसन हबको नेतृत्व गरिरहेका कलेजका लेक्चर मनोज श्रेष्ठले बताए । उनले भने, ‘विद्यार्थीहरु सफ्टवेयरमा मात्र नअल्झेर हार्डवेयरमा सफ्टवेयर इम्प्लीमेन्ट गर्न जोड दिउन् भन्नेमा हाम्रो चाँसो छ ।’

विद्यार्थीले पाठ्यक्रम बाहिरको विषयमा समेत अनुसन्धान गर्न सक्ने कलेजले जनाएको छ । कलेजले विद्यार्थीलाई हरेक अनुसन्धानमा आवश्यक मार्गदर्शन दिनेछ। 

‘सफ्ट्वेरिका कलेजको मिसन भनेकै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्नु र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न तयार पार्नु हो,’ कलेजमा अध्यक्ष श्रेष्ठ भन्छन् ‘विश्वव्यापी रोजगारदाताहरूद्वारा मान्यता प्राप्त ब्रिटिश डिग्रीको फाइदा नेपालमै लिएर आफ्नो भविष्य निर्माण गर्न विद्यार्थीहरुले सफ्ट्वेरिका कलेजको साथ लिन सक्नुहुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४