काठमाडौं । ईसेवामनि ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यससँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेमार्फत नगद तथा डिजिटल रुपमा बैंक खाता वा ईसेवा वालेटमा सहजै पैसा पठाउन सक्ने भएका छन् ।
नगदमा पठाइएको रकम ईसेवा मनी ट्रान्सफरका नेपालभर रहेका ८,००० बन्दा बढी एजेन्टमार्फत प्राप्त गर्न सकिनेछ । त्यस्तै सोझै ईसेवा वालेटमा पनि रकम प्राप्त गर्न सकिने बताइएको छ ।
यसैगरी बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । वायरबार्ले एउटा फिनटेक (वित्तीय प्रविधि) स्टार्ट अप कम्पनी हो ।
जसले एसिया प्रशांत क्षेत्रमा मोबाइल तथा अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दै आएको छ । ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्टमा आधारित रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ ।
ईसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताएका छन् ।