close

३० लाख इन्टरनेट प्रयोगकर्तासँग जोखिमपूर्ण एक्स्टेन्सन, कतै तपाईंकोमा त छैनन् ?

टेकपाना टेकपाना

पुस ४, २०७७ ९:४६

३० लाख इन्टरनेट प्रयोगकर्तासँग जोखिमपूर्ण एक्स्टेन्सन, कतै तपाईंकोमा त छैनन् ?

काठमाडौं । गुगल क्रोम र माइक्रोसफ्ट एजका ३० लाख भन्दा बढी प्रयोगकर्ताले जोखिमपूर्ण एक्स्टेन्सन प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । साइबर सेक्युरिटी कम्पनी एभास्टले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यस्तो तथ्य बाहिर आएको हो ।

३० लाख इन्टरनेट प्रयोगतर्काले जोखिमपूर्ण १५ वटा गुगल क्रोम र १३ वटा माइक्रोसफ्ट एज एक्स्टेन्सन प्रयोग गरिरहेका छन् । २८ वटा एक्स्टेन्समा प्रयोगकर्तालाई निगरानी गर्न सकिने किसिमका कोड रहेको उल्लेख छ ।

त्यतिमात्र नभएर त्यस्ता एक्स्टेन्सनले प्रयोगतर्कालाई अनलाई विज्ञापनमा लैजाने, फिशिङ साइटमा पुर्‍याउने, प्रयोगकर्ताको जन्म मिति, ईमेलका साथै डिभाइसमा हुने विभिन्न क्रियाकलाप समेत संकलन गरिरहेको एभास्टले जनाएको छ ।

एभास्टका अनुसार त्यस्ता एक्स्टेन्सनले प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री संकलने गर्ने, डिभाइसमा मालवेयर डाउनलोड गर्नेसम्मको काम गरिरहेका छन् । यसरी ती एक्स्टेन्सनमार्फत डेटा संकलन गर्नुको प्रमुख उद्देश्य आम्दानी नै रहेको छ ।

प्रयोगकर्तालाई त्यस्ता एक्स्टेन्सनमार्फत आफ्नो साइटमा ल्याएर भिजिटर बढाउने र त्यसबाट पैसा आम्दानी गर्ने गरेको उल्लेख छ । त्यसरी फेला परेका एक्स्टेन्सनमध्ये कतिपय सन् २०१८ देखि नै एक्टिभ रहेका छन् ।

यदि तपाईंले त्यस्ता एक्स्टेन्सन प्रयोग गरिरहनु भएको छ भने तत्कालै त्यसलाई हटाउन समेत एभास्टले आग्रह गरेको छ । एभास्टका अनुसार ब्राउजरमा रहेका जोखिमपूर्ण एक्स्टेन्सन यस्ता छन्ः

गुगल क्रोममा रहेका जोखिमपूर्ण एक्स्टेन्सन

माइक्रोसफ्ट एजमा रहेको जोखिमपूर्ण एक्स्टेन्सन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४