३० लाख इन्टरनेट प्रयोगकर्तासँग जोखिमपूर्ण एक्स्टेन्सन, कतै तपाईंकोमा त छैनन् ?
पुस ४, २०७७ ९:४६
काठमाडौं । गुगल क्रोम र माइक्रोसफ्ट एजका ३० लाख भन्दा बढी प्रयोगकर्ताले जोखिमपूर्ण एक्स्टेन्सन प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । साइबर सेक्युरिटी कम्पनी एभास्टले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यस्तो तथ्य बाहिर आएको हो ।
३० लाख इन्टरनेट प्रयोगतर्काले जोखिमपूर्ण १५ वटा गुगल क्रोम र १३ वटा माइक्रोसफ्ट एज एक्स्टेन्सन प्रयोग गरिरहेका छन् । २८ वटा एक्स्टेन्समा प्रयोगकर्तालाई निगरानी गर्न सकिने किसिमका कोड रहेको उल्लेख छ ।
त्यतिमात्र नभएर त्यस्ता एक्स्टेन्सनले प्रयोगतर्कालाई अनलाई विज्ञापनमा लैजाने, फिशिङ साइटमा पुर्याउने, प्रयोगकर्ताको जन्म मिति, ईमेलका साथै डिभाइसमा हुने विभिन्न क्रियाकलाप समेत संकलन गरिरहेको एभास्टले जनाएको छ ।
एभास्टका अनुसार त्यस्ता एक्स्टेन्सनले प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री संकलने गर्ने, डिभाइसमा मालवेयर डाउनलोड गर्नेसम्मको काम गरिरहेका छन् । यसरी ती एक्स्टेन्सनमार्फत डेटा संकलन गर्नुको प्रमुख उद्देश्य आम्दानी नै रहेको छ ।
प्रयोगकर्तालाई त्यस्ता एक्स्टेन्सनमार्फत आफ्नो साइटमा ल्याएर भिजिटर बढाउने र त्यसबाट पैसा आम्दानी गर्ने गरेको उल्लेख छ । त्यसरी फेला परेका एक्स्टेन्सनमध्ये कतिपय सन् २०१८ देखि नै एक्टिभ रहेका छन् ।
यदि तपाईंले त्यस्ता एक्स्टेन्सन प्रयोग गरिरहनु भएको छ भने तत्कालै त्यसलाई हटाउन समेत एभास्टले आग्रह गरेको छ । एभास्टका अनुसार ब्राउजरमा रहेका जोखिमपूर्ण एक्स्टेन्सन यस्ता छन्ः
गुगल क्रोममा रहेका जोखिमपूर्ण एक्स्टेन्सन
- Direct Message for Instagram
- DM for Instagram
- Invisible mode for Instagram Direct Message
- Downloader for Instagram
- App Phone for Instagram
- Stories for Instagram
- Universal Video Downloader
- Video Downloader for FaceBook™
- Vimeo™ Video Downloader
- Zoomer for Instagram and FaceBook
- VK UnBlock. Works fast.
- Odnoklassniki UnBlock. Works quickly.
- Upload photo to Instagram™
- Spotify Music Downloader
- The New York Times News
माइक्रोसफ्ट एजमा रहेको जोखिमपूर्ण एक्स्टेन्सन
- Direct Message for Instagram™
- Instagram Download Video & Image
- App Phone for Instagram
- Universal Video Downloader
- Video Downloader for FaceBook™
- Vimeo™ Video Downloader
- Volume Controller
- Stories for Instagram
- Upload photo to Instagram™
- Pretty Kitty, The Cat Pet
- Video Downloader for YouTube
- SoundCloud Music Downloader
- Instagram App with Direct Message DM
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
