काठमाडौं । भौतिकशास्त्र तथा गणितको अनुसन्धानमा करियर बनाउन चाहने अण्डरग्र्याजुएट विद्यार्थीहरुका लागि सुवर्ण अवसर जुरेको छ । आगामी ६ जनवरीदेखि ११ जनवरीसम्म भिडियो कन्फ्रेन्स एप जुममार्फत आयोजना हुने विन्टर स्कुल सेसनमा विद्यार्थीहरुले क्वान्टम फिल्ड थ्यौरीको बारेमा निःशुल्क कक्षा लिन सक्नेछन् ।
नेपालमा विज्ञान शिक्षालाई मूलभूत प्राथमिकतामा राखेर शैक्षिक कार्यक्रम आयोजना गर्दै आइरहेको संस्था ब्ल्याकबिम युनाइटेड कस्मसले यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । विन्टर स्कुल सेसनमा क्लासिकल फिल्ड थ्यौरी एण्ड स्पेसल रिलेटिभिटी विषयमा वाटरलू विश्वविद्यालयकी इलिजा क्याभानले कक्षा दिने बताइएको छ ।
त्यस्तै क्वान्टम मेकानिक्स मा क्विन्स युनिभर्सिटी बेल्फेस्टका प्राध्यापक ग्लेब ग्रिबार्किनले कक्षा दिनेछन् । साथै क्वान्टम फिल्ड थ्यौरी मा किङ्स कलेज लण्डनका प्राध्यापक निल लाम्बार्टको कक्षा रहनेछ ।
अन्डरग्र्याजुएट विद्यार्थीहरुलाई उच्च प्राथमिकतामा राखिएको सो क्लासमा स्नातहकोत्तर तथा विद्यावारिधी गरिरहेका विद्यार्थीहरु पनि जोडिन सक्ने आयोजकले बताएको छ । इच्छुक विद्यार्थीहरुले यहाँ क्लिक गरी आफूलाई दर्ता गराउन सक्छन् । फेसबुक, लिङ्कडिन र ट्वीटर मार्फत यस विषयमा थप बुझ्न सकिनेछ ।