close

सामसङले ल्यायो कपडाबाट भाइरस भगाउने स्मार्ट प्रविधि, यस्तो छ मूल्य र स्पेसिफिकेसन

टेकपाना टेकपाना

पुस ७, २०७७ २२:३

सामसङले ल्यायो कपडाबाट भाइरस भगाउने स्मार्ट प्रविधि, यस्तो छ मूल्य र स्पेसिफिकेसन

काठमाडौं । सामसङले एयरड्रेयर सार्वजनिक गरेको छ । कम्पनीले कपडाको ख्याल राख्नका लागि उपयोगी पहिलो स्मार्ट सोलुसन बजारमा ल्याएको हो ।

यो नयाँ डिभाइसले कपडाबाट धुलो, प्रदुषण र कीटाणुलाई टाढा राख्ने काम गर्दछ । साथै संक्रमण रहीत तुल्याउनका लागि शक्तिशाली हावा तथा बाफको प्रयोग गर्दछ ।

ता कि घर तथा कार्यालयमा कपडाको राम्रो ख्याल राख्न सकियोस् । यस्तो छ मूल्य र स्पेसिफिकेसनः सामसङको नयाँ एयरड्रेसरको मूल्य एक लाख ७५ हजार रुपैयाँ रहेको छ ।

यो उपकरण आउँदो २४ डिसेम्बरदेखि सामसङको आधिकारिक अनलाइन स्टोर सामसङ शप तथा ईकमर्स प्लेटफर्म अमेजन र फ्लिपकार्टमार्फत बिक्री गरिनेछ । एयरड्रेसरले कपडालाई दैनिक नयाँ, तरोताज, गन्धरहीत बनाउने किराहरुबाट टाढा राख्ने काम गर्दछ ।

यसबाट प्रयोगकर्ताले घरमै कपडालाई छिटो छरितो रुपमा सफा गर्न सक्नेछन् । यो उपकरणमा जेट स्टीममार्फत कपडा स्यानिटाइज हुने गर्दछन् र इन्फ्लुएन्जा, एडिनो भाइरस तथा हरपिस भाइरस तथा ब्याक्टेरिया समेत यसले ९९.९९ प्रतिशत रुपमा अलग्याउन सक्दछ ।

जेटस्टिमले तातो बाफलाई कपडाको भित्र गहिराईमा पठाउँदछ । जसमार्फत ९९.९९ प्रतिशत भाइरस, शत प्रतिशत किराहरु, ९९ प्रतिशत दुर्गन्धयुक्त ग्याँस र ९९ प्रतिशत अन्य प्रकारका हानिकारक पदार्थलाई नस्ट गरेर कपडा सफा पार्न सकिन्छ ।

यो कपडा तथा लेदर एक्सेसरिज तथा सफ्ट टोय जस्ता सामानहरु नियमित रुपमा सफा र संक्रमणरहीत राख्नका लागि समेत उपयोगी छ । हावाको शक्तिशाली झोक्काले कपडाको गहिराईमा जमेका धुलोका कणलाई हटाउने गर्दछ ।

यसमा रहेको हिट पम्प ड्राइङले कपडालाई कम तापक्रममा सुखाउने गर्दछ । ता कि कपडा खराब हुने र खुम्चिने समस्या रहँदैन ।

यो उपकरणमा रहेको डिअडराइजिङ फिल्टरले पसिना, सुर्ती तथा अन्य खाद्य पदार्थका कारण कपडामा जमेर बसेका दुर्घन्धयुक्त कणलाई अन्त्य गरिदिन्छ । सेल्फ क्लिन प्रविधिका कारण तपाईंको स्मार्ट एयरड्रेसरको भित्रबाट ओसलाई भगाउँछ र स्यानिटाइज गरेर दुर्गन्ध हटाउँछ ।

ता कि कपडा दिनहुँ तरोताज बनिरहन सकुन् । ४० चक्र पुरा भएपछि यो स्मार्ट एयरड्रेसरले प्रयोगकर्तालाई युनिट सफा गर्न आवश्यक रहेको जानकारी समेत दिने गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०