close

टिकटक जस्तै भारतीय एप जोसमा गुगल र माइक्रोसफ्टको लगानी

टेकपाना टेकपाना

पुस ८, २०७७ १२:५८

टिकटक जस्तै भारतीय एप जोसमा गुगल र माइक्रोसफ्टको लगानी

काठमाडौं । चिनियाँ एप टिकटकको नक्कल गरेर निमार्ण गरिएको भारतीय एप ‘जोस’ मा गुगल र माइक्रोसफ्टले लगानी गरेका छन् ।

भारतमा टिकटक माथि सरकारले लगाएको प्रतिबन्ध सँगै उदाएको ‘जोस’ ले अल्फाबेट इंकको गुगल र माइक्रोसफ्ट सहित लगानीकर्ताहरूबाट १०० मिलियन डलर भन्दा बढी संकलन गरेको उल्लेख गरिएको छ ।

भिडियो शेयरिङ्ग प्लेटफर्म जोस भारतमा टिकटक प्रतिबन्ध पश्चात धेरै रुचाइएको एपमा रहेको छ । छोटा समयमा भारतमा लोकप्रिय बनेको उक्त एपको मुख्य मुख्य कम्पनी भर्स इनोभेसनको मुल्यांकन हाल १ अर्ब डलरभन्दा बढी गरिएको छ ।

जसमा अल्फावेभ, सोफिना गु्रप, लुपा सिस्टम लगाएतको लगानी रहेको उल्लेख छ । गुगल तथा माइक्रोसफ्टबाट संकलन गरिएको उक्त लगानी भर्स इनोभेसनले जोसको बजार विस्तारमा लगानी गर्ने जनाएको छ ।

कम्पनीका अनुसार हाल जोसका मासिक प्रयोगकर्ता ७ करोड ७० लाख र ३ करोड ६० लाख दैनिक प्रयोगकर्ता रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०