काठमाडौं । मोबाइल एप रिचार्जरले छुट सहितको क्रिसमस अफर सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १२ किन्न चाहानेलाई ७ हजार ८ सय ८८ रुपैंयाको मासिक किस्तामै फोन उपलब्ध गराउने भएको छ ।
१ सय २८ जीबी स्टोरेज भएको आईफोन १२ किस्तामा उपलब्ध गराउन लागिएको रिचार्जरले जनाएको छ । यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड भने अनिवार्य बनाइको छ ।
माछापुछ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले तत्काल आईफोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्ब्याजदरमा आईफोन खरिद गर्न सक्नेछन् ।
त्यस्तै गूगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिने पनि कम्पनीले जनाएको छ । रिचार्जरले अफरको समयमा १२ रुपैंयामा आईफोन १२ जित्ने व्यवस्था गरेको छ ।
यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले क्रिसमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।
गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।