close

अमेरिका, बेलायत, सेन्जेन मुलुकसहित २२ वटा देशको रेमिट्यान्स इ–सेवामै

टेकपाना टेकपाना

पुस ८, २०७७ १३:४४

अमेरिका, बेलायत, सेन्जेन मुलुकसहित २२ वटा देशको रेमिट्यान्स इ–सेवामै

काठमाडौं । इसेवा मनी ट्रान्सफर र ‘स्मलवर्ल्ड’ बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । योसँगै अमेरिका, बेलायत, सेन्जेन मुलुक, ब्राजिल गरी २२ वटा देशबाट ‘स्मलवर्ल्ड’ मार्फत इ–सेवामा पैसा पठाउन सकिने भएको छ ।

त्यहाँ उक्त देशमा रहेका नेपालीले स्मलवर्ल्डमार्फत कुनै पनि बैंकको खाता अवथा सोझै इ–सेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम नेपालभर रहेका इ–सेवा मनि ट्रान्सफरका ८ हजारभन्दा धेरै एजेन्ट तथा इ–सेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

स्मलवर्ल्डको विश्वभर २ लाख ५० हजारभन्दा धेरै एजेन्ट सञ्जाल छ । भने, इ–सेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्टबेस रेमिट्यान्स सेवामार्फत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०