काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘पल्सर स्पोर्टस अवार्ड’ मा डिस मिडिया नेटवर्क जोडिएको छ । उक्त अवार्डमा डिसहोम मुख्य सह प्रायोजकको रुपमा रहेको छ ।
अघिल्लो वर्षको कार्यक्रममा समेत मुख्य सह प्रायोजक रहेको डिसहोमले त्यसलाई निरन्तरता दिएको हो । त्यसका लागि अवार्ड आयोजक र डिस मिडियाबीच बुधबार सम्झौता भएको छ ।
डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार उक्त कार्यक्रममा नगद ७ लाख र डिसको सेवा गरि झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन भएको छ ।
डिस होमले अवार्डका १३ थान कनेक्सन (दुईवर्षको रिचार्ज सहित), २० जना मनोनितलाई एक वर्षको रिचार्ज सहित २० थान डिसहोम कनेक्सन र दुई बर्षको रिचार्ज १३ थान सेट–टप बक्स सहित उपलब्ध गराउने छ ।
उक्त अवार्ड यही पुस २८ गते आयोजना हुँदैछ । जसमा विभिन्न १० विधामा खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।