close

भिडियो च्याटमा छलाङ मारेसँगै ईमेल सेवा ल्याउने तरखरमा जूम

टेकपाना टेकपाना

पुस ९, २०७७ २१:५

भिडियो च्याटमा छलाङ मारेसँगै ईमेल सेवा ल्याउने तरखरमा जूम

काठमाडौं । सन् २०२० अघि धेरैलाई जूमको विषयमा त्यति जानकारी पनि थिएन होला । तर, कोभिड १९ को महामारीले मान्छेलाई भिडियो कन्फ्रेन्सतर्फ डोर्‍यायो भने जूम त्यसको माध्यम बन्यो । जसले गर्दा अहिले जूम सबैमाझ परिचित भएको छ ।

यो सफलता हाल पारिसकेको जूमले अमेरिकी कम्पनीलाई त्यसै बस्न नदिने जस्तै देखिएको छ । अन्तर्राष्ट्रिय मिडियालाई प्राप्त प्रतिवेदन अनुसार अनुसार जूम अहिले गुगल र माइक्रोसफ्टलाई चुनौती दिने गरी ईमेल सर्भिस ल्याउने तयारीमा रहेको छ ।

त्यतिमात्रै नभएर कम्पनीले क्यालेन्डर एप पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उक्त प्रतिवेदन अनुसार जूम उक्त इमेल सर्भिस सन् २०२१ मै परीक्षण गर्ने तयारीमा रहेको छ । तर, क्यालेन्डरको परीक्षणको विषय भने उल्लेख गरिएको छैन ।

यदि कम्पनीले जिमेल सर्भिस सार्वजनिक गरेको खण्डमा उसको प्रतिस्पर्धी गुगलको जिमेल, माइक्रोसफ्टको आउटलुक हुन्छन् । जसले आफ्नो सर्भिसमा ईमेल, भिडियो कन्फ्रेसिङ टुल, क्यालेन्डर लगायतका धेरै फिचर समावेश गरेका छन् । यस्तोमा जूमका लागि ईमेल सर्भिस चुनौतीको विषय हुनेछ ।

कोरोनाको महामारी विस्तारै कम हुँदै जाँदा कतिपय कम्पनीले आफ्नो कार्यालय खुला गरिसकेका छन् । भने, कार्यालयबाटै काम गर्न समेत थालिसकेका छन् ।

यस्तोमा विस्तार कर्मचारी कार्यालयमा उपस्थिति हुन थालेसँगै जूमको प्रयोगमा कमी आउने भएकाले कम्पनीले अर्को विकल्पको रुपमा ईमेल सर्भिस रोजेको हुनसक्ने आँकलन गरिएको छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०