काठमाडौं । ९ महिनापछि अन्ततः सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन हुने भएको छ ।
यसका लागि शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गरेको छ । सूचना अनुसार आउँदो पुस १४ गते मंगलबारदेखि अनलाइन फारम खुला गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डहरु परिपालन गर्ने व्यवस्था गरिने सो सूचनामा उल्लेख छ ।
काेराेना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रकाे लिखित र ट्रायल परीक्षा स्थगित गरेकाे थियाे ।
अब चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने भएकाे हाे । यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाइनेछ ।