close

चिसोमा स्मार्टफोन जोगाउने सजिलो तरिका

टेकपाना टेकपाना

पुस १२, २०७७ १२:१९

चिसोमा स्मार्टफोन जोगाउने सजिलो तरिका

काठमाडौं । अहिले चिसो मौसम छ । यस्तो अवस्थामा आफ्नो शरीरका साथै विद्युतीय उपकरणलाई पनि सुरक्षित राख्नुपर्ने हुन्छ । हाम्रो दैनिक जीवनयापनमा प्रत्यक्ष जोडिएको स्मार्टफोनलाई पनि चियोयाममा राम्ररी हेरचाह गर्नुपर्छ ।

जति चिसो बढ्दै गयो, त्यति नै फोनमा समस्याहरु आउने गरेको अनुभव हामी सबैले भोगिरहेको हुनुपर्छ । त्यसमा पनि स्मार्टफोनकाे ब्याट्री धेरै चिसाे वातावरणमा चाँडै बिग्रने, छिटो छिटो सकिने, स्क्रिनमा समस्या आउने समस्या त सबैभन्दा बढी हुन्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई जाडोको यो समयमा तपाईंको स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जानकारी दिँदैछौं । त्यसकालागि तपाईंले सामान्य कुरालाई अनुसरण गर्दा नै पुग्नेछ ।

१. फोनमा राम्रो कभर र केस प्रयाेग गर्नुहाेस्, जसले तपाईंको स्मार्टफोनको तापक्रमलाई सही अवस्थामा राखिराख्न मद्धत गर्छ ।

२. चिसो समयमा भुलेर पनि स्मार्टफोन खुला स्थानमा नराख्नुहोस् ।

३. लामो कल गर्नुपर्ने छ भने फोनमा पावर बैंक जोडेर कुरा गर्नुहोस् । चिसाेयाममा प्राय: फाेनकाे ब्याट्री तात्तिने समस्या नहुने भएकाले याे विधि प्रयाेग गर्न सक्नुहुन्छ । तर यसलाई वैकल्पिक विधि मात्रै ठान्नुहाेस् ।

४. बाहिर जाँदै हुनुहुन्छ भने स्मार्टफोन बाक्लो र न्यानाे जाकेट अथवा ब्यागमा हालेर हिँड्ने गर्नुहोस् ।

५. यदि फोन चिसोको कारण बन्द भएको छ भने तुरुन्त रिस्टार्ट गर्ने कोशिस नगर्नुहोस्। फोनलाई केही समय न्यानोमा राख्नुहोस्, जसबाट मुख्य गरी ब्याट्री नोक्सान हुनबाट जोगाउन सकिन्छ ।

६. यदि फाेनकाे स्क्रिन पहिल्यै क्रयाक वा फुटेकाे छ भने चिसाे ठाउँमा नराख्नुहाेस्, धेरै शित पर्दा स्क्रिनले काम गर्न छाेड्छ । साथै चिसोयाममा फोनको स्क्रिन राम्ररी चलाउन बजारमा पाइने टचस्क्रिन ग्लोभ प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०