close

संस्थागत ग्राहकका लागि एनएमबी बैंकले ल्यायो ‘कर्पोरेट–पे’ सेवा

टेकपाना टेकपाना

पुस १२, २०७७ १६:२९

संस्थागत ग्राहकका लागि एनएमबी बैंकले ल्यायो ‘कर्पोरेट–पे’ सेवा

काठमाडाैं । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे ल्याउन नेपाल क्लियरिङ हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेकोे छ ।

कर्पोरेट पेको प्रयोगले फन्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोस्टिङ्ग, तलब भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्नेे बताइएको छ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

हालको प्रतिकुल परिस्थिति र अपनाउनुपर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पुर्याउन एनएमबी बैंकले लागू गरिरहेको धेरै परियोजनाहरुमध्ये एक हो ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनतर्फ केन्द्रित रही नगदसहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०