close

हरेक बैंक शाखा नजिकका तरकारी बजारमा ‘क्यूआर कोड’ सेवा सुरु गर्नुपर्ने

टेकपाना टेकपाना

पुस १४, २०७७ १५:३२

हरेक बैंक शाखा नजिकका तरकारी बजारमा ‘क्यूआर कोड’ सेवा सुरु गर्नुपर्ने

काठमाडौं । हरेक बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा कार्यालय नजिक रहेका तरकारी बजार तथा पसलमा ‘क्यूआर कोड’ सेवा शुरु गर्नुपर्ने भएको छ । नेपाल बैंकर्स संघको वार्षिक साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

‘हरेक बैंक तथा वित्तीय संस्थाले आफ्नो हरेक शाखा नजिकका तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा सुरु गर्नुपर्छ,’ उनले भने, ‘यसले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मद्दत पुग्नेछ । त्यसैले म बैंक तथा बैंकका हरेक शाखालाई नजिकको तरकारी बजारमा क्यूआर कोड सुरु गर्न आह्वान गर्छु ।’

उनले कोरोनाका कारण निम्तिएको अहिलको अवस्थामा क्यूआर भुक्तानी सुरक्षित रहेकाले आगामी एक वर्षभित्र मुलुकभर क्यूआर कोड सञ्चालन हुने उनले बताएका छन् । यो हुँदा तरकारी बजारमा जाँदा रकम बोक्नुपर्ने झन्झटको अन्त्य हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०