close

बैंक अफ काठमाण्डूका ग्राहकले अब सेलपेबाटै अनलाइन भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

पुस १४, २०७७ १७:१४

बैंक अफ काठमाण्डूका ग्राहकले अब सेलपेबाटै अनलाइन भुक्तानी गर्न सक्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले अब सेलपे मार्फत भुक्तानी गर्नसक्ने भएका छन् । बैंकले आफ्ना ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्ने उद्देश्यका साथ भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एन्ड मार्केटिङ प्रमुख रितेश लामिछाने तथा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको छ ।

भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले सेलपेमा आबद्ध गरिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू लिमिटेड खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् ।

यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभी हरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन–पाउन, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०