close

भारतमा पब्जी मोबाइलसँगै फौजी गेमको आगमनमा ढिलाइ

टेकपाना टेकपाना

पुस १५, २०७७ १७:२३

भारतमा पब्जी मोबाइलसँगै फौजी गेमको आगमनमा ढिलाइ

काठमाडौं । वर्ष २०२० अन्त्य हुँदैछ । यो वर्ष धेरै देशमा पब्जी मोबाइल गेममाथि प्रतिबन्ध लगाइयो । नेपालमा समेत पब्जी गेममा प्रतिबन्ध लगाइएको थियो, तर यो प्रतिबन्ध धेरै दिन टिक्न सकेन ।

छिमेकी देशहरु चीन, भारत, पाकिस्तान, अफगानिस्तानमा समेत यो वर्ष पब्जीले प्रतिबन्धको सामना गर्नुपर्यो । पब्जीको धेरै बजार मानिएको भारतमा गत अक्टोबारमा प्रतिबन्ध लगाइयो ।

हाल पुनः पब्जी मोबाइलले भारतीय बजारमा इन्ट्री मार्न खोजिरहेको छ । तर अदालतले तत्काल पब्जी माेबाइल पुन: लञ्च गर्न अनुमति नदिएपछि २०२१ काे मार्चभित्र लञ्च गर्ने तयारी भइरहेकाे छ ।

पब्जी माेबाइल मात्रै हाेइन, भारतीय गेम डेभलपर एनकोर गेमले बनाएको फौजी गेम पनि बजारमा आउन ढिला हुने भएको छ । तर किन ढिलाे भन्ने प्रश्नकाे जवाफ भने कम्पनीले दिएकाे छैन ।

फौजी गेम सुरुमा डिसेम्बर महिनाभित्र औपचारिक रुपमा उपलब्ध गराउने तयारी थियो । यसैकाे तयारी स्वरूप कम्पनीले प्रि-रजिस्ट्रेसनकाे अवसर प्रदान गरेकाे थियाे । जसअन्तर्गत २४ घण्टामै १० लाख ६० हजारकाे प्रि-रजिस्ट्रेसन परेकाे थियाे ।

धेरैले याे गेमलाइ पब्जी मोबाइलसँग तुलना गरिरहेका छन् । तर यी दुई खेलहरू एक अर्काेभन्दा धेरै भिन्न हुनेछन् । फौजी एक एक्सन गेम हुनेछ भने पब्जी एक ब्याटल रोयल गेम हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०