काठमाडौं । ईकमर्स कम्पनी फटाफट सेवा सञ्चालनमा आएको छ । ‘जे चाहिन्छ, फटाफट पाइन्छ’ भन्ने नाराका साथ फटाफट सेवा आफ्नो सेवा सुरु गरेको हो । कोरोना कहरका बीच हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले अनलाइन सञ्चालनमा ल्याएको जनाएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजारमा भित्रिएको कम्पनीले ‘छुटमाथि छुट’ नामक अफर समेत सञ्चालनमा ल्याएको छ । जेन्युन मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामान अनलाइनमार्फत खरिद गर्न चाहनेका लागि विभिन्न योजनासहित सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फटाफट सेवामार्फत पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न समेत सक्नेछन् । साथै शुन्य प्रतिशत ब्याजदर र डाउन पेमेण्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिने फटाफट सेवा प्रालिका अध्यक्ष जीवन श्रेष्ठले बताएका छन् ।
उनका अनुसार सेवा सुरु गरेको अवसरमा ग्राहकलाई सरल किसिमले किस्ताबन्दीमा सामान उपलब्ध गराउनुका साथै हरेक मोबाइलको बीमा समेत उपलब्ध गराइनेछ । त्यो हुँदा मोबाइल हराएको खण्डमा, डिस्प्ले फुटेको खण्डमा वा चोरी भएको खण्डमा सो वापतको क्षतीपुर्ती भुक्तान हुनेछ ।
छुटैछुट अफर अन्तर्गत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’ को व्यवस्था गरिएको छ । त्यसैगरी अनलाइन पेमेन्ट गर्नेहरुलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।
फटाफट सेवाबाट खरिद गरेका सामग्रीहरुको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने र उल्लेखित माध्यमबाट भुक्तानी गर्नेलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
यसका अलावा फटाफट सेवाले मोटरसाइकल तथा स्कुटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ । त्यस्तै फटाफट सेवा मार्फत मोबाइल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च समेत पाउने छन् ।
ग्राहकहरुले फटाफट सेवा डटकममा ‘एकाउण्ट’ खोल्दा ५०० रिवार्ड प्वाइन्टका साथै अरुलाई ‘रिफर’ गरेमा ५० रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन ।
यसरी प्राप्त हुने रिवार्ड प्वाइन्टलाई फटाफट सेवाबाट सामान किन्दा एक रिवार्ड प्वाइन्ट बराबर एक रुपैयाँको दरले छुटको रुपमा प्रयोग गर्न सकिन्छ । विभिन्न समयमा सञ्चालन हुने अफरमा यस्तो रिवार्ड प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिन्छ ।