close

चाइना एप स्टोरबाट एप्पलले हटायो ३९ हजार गेम

टेकपाना टेकपाना

पुस १८, २०७७ १३:५५

चाइना एप स्टोरबाट एप्पलले हटायो ३९ हजार गेम

काठमाडौं । एप्पलले बिहीबार आफ्नो चाइनिज एप स्टोरबाट ३९ हजार गेम एपहरु हटाएको छ । स्थानीय नियामकसँग लाइसेन्स नलिएको भन्दै एप्पलले ठूलो संख्यामा एप हटाएको हो । रिपोर्टका अनुुसार यी गेमसहित एप्पलले ४६ हजार एप्सहरु पनि स्टोरबाट हटाएको छ ।

एप्पलले २०२० को फेब्रुअरीमा एप डेभलपरलाई उनीहरूको गेमको लागि नियामकबाट लाइसेन्स प्रमाणित गर्न जून ३० तारिखसम्मको समय दिएको थियो । पछि यो समयसिमा डिसेम्बर ३१ सम्म बढाइएको थियो ।

याे अवधिसम्म पनि लाइसेन्सविहीन भएका एपहरूलाई चाइना स्टोरबाट हटाइएको जनाइएको छ । एप स्टाेरबाट हट्ने एपहरूमा चर्चित एपहरू Assassin’s Creed Identity र NBA2K20 समेत छन् ।

रिपाेर्टमा जनाइए अनुसार १५ सय पेड एपमध्ये ७४ एपमात्र एप स्टाेरमा टिक्न सके ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०