close

एउटा बिटक्वाइनको मूल्य ३६ लाख भन्दा बढी

टेकपाना टेकपाना

पुस १९, २०७७ ११:५१

एउटा बिटक्वाइनको मूल्य ३६ लाख भन्दा बढी

काठमाडौं । भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनकाे मूल्य ३० हजार अमेरिकी डलर अर्थात् ३६ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो । जुन आज सम्मकै उच्च हो । केही साताअघि बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलरभन्दा बढी हुँदा उक्त मूल्यलाई बिटक्वाइनको उच्चतम मूल्यको रुपमा हेरिएको थियो ।

योसँगै बिटक्वाइनको मूल्य गएको वर्षको तुलनामा चार गुणा भन्दा बढीले बढेको छ । यसरी एक वर्षको बिटक्वाइन पाएको बजार मूल्यको प्रमुअ कारण कोभिड–१९ लाई लिइएको छ ।

कोभिड १९ का कारण भर्चुअल कारोबार बढेकाले पनि यसको मूल्य बढेको उल्लेख गरिएको छ । त्यतिमात्रै नभएर यसमा लगानी गर्न इच्छुक लगानीकर्ता बढेकाले पनि मूल्य बढेको बताइएको छ ।

विज्ञहरूले अमेरिकी डलर अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएका छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०