काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विच्याट, अलिपे जस्ता चिनियाँ एपमार्फत हुने कारोबारलाई रोक्ने गरी कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले आन्ट ग्रुपको अलिपे, टेन्सेन्ट क्यूक्यू, विच्याट लगायत चिनियाँ एपबाट कारोबार बन्द गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पकाे कार्यकारी आदेशबाट अलिपे, क्यामस्क्यानर, सेयर ईट, टेनसेन्ट क्युक्यु, भिमेट, विच्याट र डब्लुपीएसअफिसलाई हाल ४५ दिनका लागि सस्पेण्ड गरिएको हो ।
‘चिनियाँ कम्पनी तथा व्यक्तिको नियन्त्रणमा रहेका एप तथा सफ्टवयेर अमेरिकी ल्यापटप तथा मोबाइलमा हुनुले देशको सुरक्षा, वैदेशिक नीति र आर्थिक मामिलामा चुनौती सिर्जना गरिरहेको छ,’ ट्रम्पले हस्ताक्षर गरेको आदेशमा भनिएको छ ।
ट्रम्पले जारी गरेको कार्यकारी आदेशलाई कार्यान्वयनमा ल्याउन काम अघि बढाइसकेको अमेरिकी वाणिज्यका सचिव विलबर रोसले बताएका छन् । उनका अनुसार यो आदेश ट्रम्पको कार्यकालअघि नै कार्यान्वयनमा आउने छ ।