काठमाडौं । ह्वाट्सएप एउटा इण्ड टु इण्ड इन्क्रिप्सन म्यासेजिङ सर्भिस हो । तर बिर्सन नहुने अर्को कुरा भनेको ह्वाट्सएप पनि फेसबुककै अधिनमा रहेको एउटा प्रडक्ट हो । यसकारण गोपनीयताको जतिसुकै दुहाई दिए पनि ह्वाट्सएप फेसबुक कम्पनीको नीतिभन्दा अलग छैन ।
यसैले ह्वाट्सएप पनि फेसबुक र फेसबुकका अधिनमा रहेका अन्य कम्पनीहरुसँग डेटा शेयर गर्न बाध्य छ ।
ह्वाट्सएपले इन्स्टाग्राम जस्ता फेसबुक ब्राण्डसँग कसरी डेटा शेयर गर्छ भनेर देखाउन आफ्नो प्राइभेसी पोलिसीलाई नै अपडेट गरेको छ ।
ह्वाट्सएपले प्रयोगकर्ताको सजिलो तथा सुरक्षाका लागि डेटा शेयर गर्ने गरेको बताएको छ । फेसबुक सर्भिसभित्रका अनुभवलाई पनि यसले सुधार गर्न सहयोग गर्दछ ।
उदाहरणका लागि फ्रेण्ड तथा कन्टेन्ट सजेसन, पर्सनलाइज फिचर लगायतमा सहयोग गर्न आफूले डेटा शेयर गरेको ह्वाट्सएप बताउँछ ।
कारोबारलाई पूर्णता दिन तपाईंले फेसबुक पेलाई लिङ्क गराउन सक्नुहुन्छ ।
तर ह्वाट्सएपले आफ्नो नयाँ प्राइभेसी सेक्सनमा डेटा शेयरिङको प्रयोजनका सकरात्मक पाटालाई मात्र खुलासा गरेको छ । यो त्यति धेरै विस्तृत छैन ।
तर नयाँ अपडेटले ह्वाट्सएप फेसबुक इकोसिस्टमको एउटा प्रडक्ट मात्र भएको र ह्वाट्सएपमा तपाईंका सबै कुरा गोप्य हुँदैनन् भन्ने कुराको उजागर गरेको छ ।