close

ट्रम्पको गुणगान गाउने सामाजिक सञ्जाल ‘पार्लर’ माथि गुगलको कारबाही

टेकपाना टेकपाना

पुस २५, २०७७ १८:३९

ट्रम्पको गुणगान गाउने सामाजिक सञ्जाल ‘पार्लर’ माथि गुगलको कारबाही

काठमाडौं । चुनावी मतपरिणामलाई फर्जी भन्दै संसद भवनभित्रै दङ्गा भड्काउन प्रेरित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समाजिक सञ्जाल तथा टेक कम्पनीहरुले बहिष्कार गर्न सुरु गरेका छन् । 

फेसबुकले उनको अकाउन्ट ब्लक गरेको छ भने ट्वीटरले पनि ट्रम्पको अकाउन्ट स्थायीरुपमै निलम्बन गरिदिएको छ । 

यसैबीच अमेरिकी कन्जर्भेटिभ दलको सोसल मिडिया एपको रुपमा परिचित पार्लरलाई समेत गुगलले आफ्नो प्ले स्टोरबाट हटाइदिएको छ । एपका डेभलपरहरुले प्लेटफर्ममा अराजक तथा हिंसात्मक सामग्रीविरुद्ध प्रतिबद्धता नजनाएसम्म एपलाई स्टोरमा नराख्ने गुगलले जनाएको छ । 

हाल पार्लरको प्ले स्टोर पेज डाउन छ । 

यस साता क्यापिटोल बिल्डिङमा कन्जर्भेटिभ दलका समर्थकहरुले हिंसात्मक दङ्गा गरेपछि उक्त प्लेटफर्मले धेरैको ध्यान खिचेको थियो। पाँच जनाको ज्यान जाने गरिएको उक्त दङ्गालाई प्रोत्साहन गरेका पोस्ट तथा सामग्रीहरु पार्लर प्लेटफर्मभरी पर्याप्त देखिएको थियो । 

शुक्रबार एप्पलबाट समेत पार्लर एपले पत्र प्राप्त गरेको थियो । जसमा एपले २४ घण्टाभित्र मोडरेसन इम्प्रुभमेन्ट प्लानसहित एप अपडेट नगर्ने हो भने एप स्टोरबाट सो एप हटाइदिने कम्पनीले बताएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१