काठमाडौं । ह्वाट्सएपले नयाँ नियम तथा शर्त लागु गरेसँगै ह्वाट्सएपको आलोचना सुरु भएको छ । हालसम्म सबैभन्दा प्रभावकारी र सुरक्षित एपको रुपमा परिचित हुँदै आएको ह्वाट्सएपको नयाँ शर्तअनुसार अब प्रयोगकर्ताको डेटा फेसबुकसँग शेयर हुनेछ ।
यसरी ह्वाट्सएपको डेटा फेसबुकसँग शेयर हुने भएपछि यो विषय यतिबेला चर्चामा छ । परिणामस्वरुप कतिपय प्रयोगकर्ता ह्वाट्सएपको अर्को विकल्प खोज्न थालेका छन् ।
जसमा आफ्नो गोपनीयतामाथि कुनै प्रकारको खतरा नहोस् । यसैबीच नयाँ म्यासेजिङ एप सिग्नलले प्रयोगकर्ताको ध्यान आकर्षित गरेको छ ।
त्यसको कारण विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट कम्पनी स्पेसएक्सका संस्थापक एलोन मस्कको एउटा ट्वीट हो । हालै विश्वकै सबैभन्दा धनी व्यक्तिको रुपमा उदाएका उनले फेसबुकले ह्वाट्सएपले नयाँ नीति जारी गरेसँगै ट्वीटरमा सिग्नल प्रयोग गर्न भन्दै ट्वीट गरेका थिए ।
उनले उक्त ट्वीटमा धेरै कुरा नलेखेको भएता पनि उक्त ट्वीटले दिने सन्देश भने प्रभावकारी थियो । उनले ह्वाट्सएपको साटो सिग्नल प्रयोग गर्न भनेका थिए ।
मस्कले सिग्नलको विषयमा त्यति मात्रै के लेखेका थिए, सिग्नलतर्फ प्रयोगकर्ताको ध्यान मोडिएको छ । पछिल्ला दिनमा प्रयोगकर्ताको संख्या बढ्दा सिग्नलमा भेरिफिकेसन कोड प्राप्त गर्नमा समय लाग्न थालेको छ ।
Is this what stock analysts mean when they say that the market is giving mixed Signals?
It's understandable that people want to invest in Signal's record growth, but this isn't us. We're an independent 501c3 and our only investment is in your privacy. pic.twitter.com/9EgMUZiEZf