close

कार्ड तथा भुक्तानीका लागि एससीटी र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता

टेकपाना टेकपाना

पुस २६, २०७७ १५:५०

कार्ड तथा भुक्तानीका लागि एससीटी र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडबीच भुक्तानी र फर्छ्याैटका लागि सम्झौता भएको छ ।

आइतबार भएको साे सम्झौतामा एससीटीका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले हस्ताक्षर गरेका छन् ।

योसँगै सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सक्ने भएको छ । बैंकले एससीटीमा आधारित कार्डलाई प्रयोगमा ल्याउने भएको हो ।

यसमार्फत बैंकको ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्स जस्ता सेवा सजिलै लिनसक्ने छन् ।

समग्र भुक्तानी प्रणालीमा विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासाथ काम गर्दै आएको एससीटी सेवा विस्तारको क्रममा सप्तकोशी डेभलपमेण्ट बैंकसँग जोडिएको हो ।

धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत विविध बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१