close

अहिलेसम्मकै उत्कृष्ट फिचर सहित फ्ल्यागशिप फोन ल्याउँदै नोकिया, यस्तो छ मूल्य र विशेषता

टेकपाना टेकपाना

पुस २६, २०७७ २१:२९

अहिलेसम्मकै उत्कृष्ट फिचर सहित फ्ल्यागशिप फोन ल्याउँदै नोकिया, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नोकियाले सन् २०२१ का लागि बजारमा आफ्नो फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन ल्याउँदै छ । कम्पनीले यो वर्ष ‘नोकिया १० पावरभ्यू फाइभजी’ नाममा नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको हो ।

विषेशगरी यो फोन ९.२ अथवा ९.३ मोडलको रुपमा आउनुपर्ने हो । किनभने कम्पनीले यसअघि ९.१ सिरिजमा स्मार्टफोन सार्वजनिक गरेको थियो ।

तर, अब भने यो फोन नोकिया १० को रुपमा आउने बताइएकाे छ । नाेकिया आफैले जानकारी नदिएपनि विभिन्न स्रोतले यसका फिचरहरू लिक गरेका छन् । स्राेत अनुसार फोनमा इन–स्क्रिन सेल्फी क्यामेरा रहने छ र यसमा एटके (8K) भिडियाे रेकर्डिङकाे क्षमता रहनेछ ।

साथै फोनमा क्वालकमकाे पछिल्लाे फ्ल्गागशिप चिपसेट स्न्यापड्रयागन ८८८ प्रयाेग हुने चर्चा छ । त्यसैले पनि यो फोन सन् २०२१ को लागि प्रिमियम स्मार्टफोन हुनेछ ।

एन्ड्रोइड ११ मा चल्ने यो फोन तीन भेरियन्टमा आउने चर्चा छ, जसअन्तर्गत ६ जीबी, ८ जीबी र १२ जीबी र्‍याम अप्सन रहने दाबी गरिएकाे छ ।

६.४ इन्चकाे डिस्प्ले रहने फाेनमा १२० हर्जकाे रिफ्रेस रेट रहनेछ । ५ हजार एमएएचको ब्याट्री क्षमता रहने फोनमा वायरलेस चार्जिङको सुविधा पनि दिइनेछ ।

यो फोनको मूल्य ९३ हजार नेपाली रुपैयाँको हारहारीबाट सुरु हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१