close

ह्वाट्सएप अकाउन्टलाई पूर्णरुपमा यसरी डिलिट गर्नुहोस्

टेकपाना टेकपाना

पुस २८, २०७७ १२:१

ह्वाट्सएप अकाउन्टलाई पूर्णरुपमा यसरी डिलिट गर्नुहोस्

काठमाडौं । फेसबुकको सेक्युरिटी ब्रिच र डेटा चोरीको इतिहास हेर्दा आज कसैले पनि फेसबुक र ह्वाट्सएपलाई सुरक्षित प्लेटफर्म मान्दैनन् । 

अझ ह्वाटसएपको प्राइभेसी पोलिसी अपडेटसँगै खुलासा भएको वास्तविकता र एलन मस्कको ट्वीटपछि त मानिसहरु ह्वाट्सएप छोडेर सिग्नलतिर आकर्षित भइरहेका छन् । एन्ड्रोइड र आईओएसमा यो एपको डाउनलोड संख्या लगातार बढिरहेको छ । 

सिग्नलतिर स्विच हुँदै गर्दा ह्वाट्सएपलाई पनि सही तरिकाले पाखा लगाउँदा तपाईंको गोपनीयता र अनलाइन गतिविधिका लागि धेरै सुरक्षित हुन्छ । 

तर ह्वाट्सएपलाई तपाईंको फोनबाट अनइन्स्टल गर्दा मात्र तपाईं यसको चंगुलबाट मुक्त हुनु हुँदैन । ह्वाट्सएपमा स्टोर भएको डेटा र विवरणलाई पनि ठेगान लगाउनु पर्दछ । 

आज हामी तपाईंलाई ह्वाट्सएप सुरक्षित रुपमा डिलिट गर्न सिकाउने छौं । 

पहिलो चरण:

सबैभन्दा पहिले आफ्नो च्याट, मिडिया र डेटा सबैको ब्याकअप राख्नुहोस् । ब्याकअप गर्न अलिक अप्ठ्यारो हुनसक्छ यसैले फोटो सेभ गरेर च्याट पीसी वा क्लाउडमा कपि पेस्ट गर्न सक्नुहुन्छ ।

आफ्नो साथीभाइहरुलाई आफूले स्विच गर्न लागेको म्यासेजिङ एपको बारेमा जानकारी गराउनुहोस् । तर तपाईंको साथीहरु सबै ह्वाट्सएप प्रयोग गर्छन् र ह्वाट्सएप छाड्ने तपाईंको एकल निर्णय हो भने तपाईंले साथीहरु गुमाउनुपर्ने पनि हुनसक्छ । 

दोस्रो चरण :

स्मार्टफोनबाट ह्वाट्सएप अनइन्स्टल गरेर मात्र तपाईंको सम्पूर्ण समस्या समाधान हुँदैन । तपाईंले आफ्नो अकाउन्ट नै डिलिट गर्नुपर्छ । अन्यथा तपाईंको डेटा ह्वाट्सएप र फेसबुकको पहुँचमा पुगिरहनेछ । 

 यसरी डिलिट गर्नुहोस् ह्वाट्सएप अकाउन्ट 

१. ह्वाट्सएप खोल्नुहोस् । 

२. मोर अप्सनमा ट्याप गरी सेटिङ हुँदै अकाउन्ट हुँदै डिलिट माई अकाउन्टमा जानुहोस् । 

३. त्यहाँ आफ्नो फोन नम्बर पूर्ण फर्म्याटमा लेखेर डिलिट माइ अकाउन्टमा ट्याप गर्नुहोस् । 

४. ड्रप डाउनमा आफूले अकाउन्ट डिलिट गर्न चाहेको कारण उल्लेख गर्नुहोस् । 

५. अब डिलिट माई अकाउन्ट ट्याप गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१