काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताले आफ्नो मोबाइल वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् ।
त्यसका लागि नेपाल क्लियरिङ हाउस, खल्ती, आईएमई पे, प्रभु पे र नेपाल पे राष्ट्रिय वाणिज्य बैंकसँग जोडिएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ४ वालेटसँग सम्झौता गरेका छन् ।
यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।
यस्तै राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
