काठमाडौं । पब्जीको विकल्पको रुपमा भारतीयमाझ निकै चर्चामा रहेको फौजी गेम आउँदो मंगलबार सार्वजनिक हुँदैछ । तर सार्वजनिक हुनुअघि नै फौजीको अग्रिम बुकिङ नै ४० लाख कटेको छ ।
यसअघि भारतमा पब्जी गेममाथि प्रतिबन्ध लागेलगत्तै फौजी गेमको तयारी सुरु भएको थियो । जसले गर्दा भारतमा अहिले फौजी एक पर्खाइको खेल बनिरहेको छ ।
यसरी प्रि–रजिस्ट्रेसन गर्नेको संख्या अहिले ४० लाख कटेको छ । गुगल प्लेमा उपलब्ध लिंक केवल प्रि रजिस्ट्रेसनका लागि मात्रै हो ।
एकपटक रजिष्टर गर्दा यसले गेम औपचारिक उपलब्ध भएपछि प्रयोगकर्तालाई सूचित गराउनेछ । रिलिज हुनुअघि नै यतिको संख्यामा प्रि–रजिस्ट्रेसन भएको फौजी गेम भारतीय डेभलपर एनकोर गेमले बनाइरहेको छ । जसको लगानीकर्ता भारतीय अभिनेता अक्षय कुमार हुन् ।