काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिवेक्षक पदमा अनलाइन दरखास्त आह्वान गरेको छ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले राष्ट्रिय जनगणनाका लागि तयार गरिएको जनगणना जनशक्ति व्यवस्थापन प्रणाली शुभारम्भ गरे ।
गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने भएको हो। विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्न लागेको जनाएको छ।
इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।
सुपरिवेक्षकका लागि कस्ता व्यक्तिले आवेदन दिन सक्छन्
न्यूनतम शैक्षिक याेग्यता: स्नातक तह वा साेसरह उत्तीर्ण गरेकाे ।
उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ वर्ष ननाघेकाे ।
स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक।
गणकका लागि कस्ता व्यक्तिले आवेदन दिन सक्छन् ?
न्यूनतम शैक्षिक याेग्यता: १०+२ वा साेसरह उत्तीर्ण गरेकाे।
उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ वर्ष ननाघेकाे ।
स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक।
अनलाइन दरखास्त फारामसम्बन्धी थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।