close

पप–अप क्यामराबाट पछि हट्यो वानप्लस, प्रो ८ मा ड्युल सेल्फी क्यामरा

टेकपाना टेकपाना

मंसिर ५, २०७६ १२:५४

पप–अप क्यामराबाट पछि हट्यो वानप्लस, प्रो ८ मा ड्युल सेल्फी क्यामरा

वान प्लस एट प्रोको डिजाइन बाहिरिएको छ । जसमा वानप्लस एट प्रो सामसङ ग्यालेक्सी एस टेन र नोट टेनमा जस्तै ‘होल–पञ्च’ फ्रन्ट क्याराको साथमा आउने देखिएको छ । यसअघि बजारमा वानप्लसको आगामी उत्पादन वान प्लस एट प्रो ड्युल पप–अप क्यामराको साथमा आउने अनुमान गएिको थियो ।

तर, बाहिरिएको वानप्लस ८ प्रोको डिजाइनले भने बजारको अनुमनलाई गलत सावित गरिदिएको छ । ‘ट्रु–टेक’ ले सार्वजनिक गरेको वानप्लस ८ प्रोको उक्त डिजाइन वानप्लस कम्पनीकै कर्मचारीबाटै प्राप्त भएको जनाएको छ । जसमा वानप्लस प्रो डबल फ्रन्ट क्यामरा र वानप्लस एट सिंगल फ्रन्ट क्यामराको साथमा आउने छ ।

उक्त स्मार्टफोनमा तीन वटा रियर क्यामरा हुनेछ । हाल बजारमा रहेको वानप्लस सेभेन प्रोको जस्तै क्यामरामा वाईड, अल्ट्रावाइड र टेलिफोटो लेन्सहरु रहेका छन् । नयाँ आउने फोनको पछाडिको क्यामरा भागमा ‘टाइम–अफ–फ्लाइट सेन्सर’ थप गरिएको छ । जसले फोटोलाई थप स्पष्ट बनाउन मद्दत गर्ने जनाइएको छ । साथै क्यामरामा ‘टु–टोन फ्ल्यास’ प्रयोग गरिएको छ ।

फोनको अगाडीको भागमा सानो सेन्सरको प्रयोग गरिएको देखिन्छ। त्यो के हो भन्ने विषय भने स्पष्ट भइसकेको छैन् । तर, ग्रुप सेल्फीको लागि अल्ट्रा वाईड सेन्सर हुने अनुमान भने गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१