close

आईफोन र आईप्याडमा तत्काल अपरेटिङ सिस्टम अपडेट गर्न एप्पलको आग्रह

टेकपाना टेकपाना

माघ १४, २०७७ १४:४६

आईफोन र आईप्याडमा तत्काल अपरेटिङ सिस्टम अपडेट गर्न एप्पलको आग्रह

काठमाडौं । एप्पलले मंगलबार आईओएस, आईप्याड र टीभीओएसको नयाँ भर्सन सार्वजनिक गरेको छ । हाल प्रयोगमा रहेकाे अपरेटिङ सिस्टममा तीन वटा कमजोरी रहेको भन्दै एप्पलले तत्कालै नयाँ भसर्न अपडेट गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ ।

यसअघि अज्ञात अनुसन्धानकर्मीले उक्त बग पत्ता लगाएका थिए । साे बगको विषयमा एप्पलले हालसम्म कुनै जानकारी बाहिर सार्वजनिक गरेको थिएन । तर, अहिले भने नयाँ ओएस अपडेटसँगै प्रयोगकर्तालाई तत्कालै अपडेट गर्न आग्रह गरिएको छ ।

अनुसन्धान अनुसार एप्पलका डिभाइसमा ह्याकरले सहजै रिमोट कोड पठाएर त्यसबाट डिभाइसलाई नियन्त्रणमा लिनेसम्मको समस्या रहेको छ ।

उक्त समस्याको समधान सहित नयाँ भसर्नको ओएस सार्वजनिक गरिएको एप्पलले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४