close

आईफोन आफूभन्दा ६ इञ्च टाढा राख्न एप्पलको सुझाव

टेकपाना टेकपाना

माघ १४, २०७७ १८:२

आईफोन आफूभन्दा ६ इञ्च टाढा राख्न एप्पलको सुझाव

काठमाडौं । एप्पलले आईफोन प्रयोगकर्तालाई फोन ६ इन्च टाढा राख्न सुझाव दिएको छ । कम्पनीले मुटु रोगीको शरीरभित्र राखिने मेडिकल उपकरणका कारण आईफोन आफूसँगै राख्नु स्वास्थ्यको लागि जोखिमपूर्ण हुने बताएका हो ।

एप्पलले आफ्नो सपोर्ट पेजमा सूचना जारी गर्दै नयाँ आईफोनले पार्न सक्ने जोखिमबारे जानकारी गराएको छ । कम्पनीको सूचना अनुसार आईफोनमा हुने चुम्बक र रेडियो विकिरणबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक फिल्डले मुटु रोगीको शरीरभित्र प्रत्यारोपण गरेर राखिएको पेसमेकर र डेफिब्रिलेटर जस्ता मेडिकल उपकरणमा अवरोध पुगेर हानी पुर्‍याउन सक्छ ।

कम्पनीका अनुसार विशेषगरी आईफोन ट्वेल्भ र यसको एक्सेसरिजमा रहेको म्यागसेफबाट सचेत रहनुपर्नेछ । किन भने आईफोन ट्वेल्भमा पुराना आईफोनमाभन्दा चुम्बकीय तत्व बढी रहेको छ ।

जसले गर्दा मेडिकल उपकरणमा असर पर्न सक्छ । त्यसैले पनि कम्पनीले आफ्नो आईफोन र चार्जर आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४