close

फोटोग्राफीका लागि आकर्षक फिचर भएका स्मार्टफोन ल्याउँदै भिभो

टेकपाना टेकपाना

माघ १६, २०७७ १०:४३

फोटोग्राफीका लागि आकर्षक फिचर भएका स्मार्टफोन ल्याउँदै भिभो

काठमाडौं । ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले युवा प्रयाेगकर्तालाई लक्षित गर्दै नयाँ स्मार्टफाेन ल्याउने क्रम जारी गरेकाे छ । भिभो नेपाली बजारमा आएको तीन वर्ष भइसकेको छ ।

यसबीचमा कम्पनीले फाेटाेग्राफीका लागि उत्कृष्ट फिचर भएका नयाँ फाेन बजारमा ल्याउने गरेकाे छ । कम्पनीले आधुनिक पुस्तामाझ लोकप्रिय फिचरयुक्त नवप्रवर्तित भेरियन्ट वाई र भी सिरिज क्रमशः सार्वजनिक गरिसकेको छ । 

उत्कृष्ट फिचर, पर्फमेन्स, प्रिमियम डिजाइन तथा क्यामेरा प्रविधियुक्त मिड रेन्ज बजेटको वाई सिरिज अन्तर्गत कम्पनीले वाई ९१ सी, वाई ३० तथा वाई २० मोडलहरु सार्वजनिक गरिसकेको छ ।

वाई सिरिजको सफलतापछि भिभोले नेपालमा भी सिरिज फोनहरु ल्यायो, जसमा भी १९, भी २०  र भी २० एसई जस्ता सफल मोडलहरु रहे । 

कम्पनीले नेपालमा भर्खरै ल्याएको भी सिरिजमा क्यामेरा प्रविधि, अत्याधुनिक डिजाइन र समग्र पर्फमेन्स नै शक्तिशाली छ । नवप्रवर्तन तथा प्रिमियम फेसनप्रति युवाहरुको चाहनालाई पुरा गर्न यो फोन पर्याप्त छ ।

भी र वाई सिरिज मात्र होइन, भिभोका सबै ह्याण्डसेटहरुमा डिजाइन एसेसरी र कम्प्युटिङ टुलमा शक्तिशाली छन् । अल्ट्रा स्लिक र स्टाइलिस कलर प्यालेटले यस फोनलाई एकदमै लक्जरी लुक्स दिएको छ ।

यी फोनमा बेस्ट इन क्लास प्रविधि र सुन्दर आकर्षक फिचरहरु छन्, जसले युजर एक्सपिरियन्सलाई सुन्दर बनाउने सुनिश्चित गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४