close

साओमीले बनायो वाईफाई जस्तै घरभरीका मोबाइल चार्ज गर्न सकिने प्रविधि

टेकपाना टेकपाना

माघ १६, २०७७ १९:३

साओमीले बनायो वाईफाई जस्तै घरभरीका मोबाइल चार्ज गर्न सकिने प्रविधि

काठमाडौं । साओमीले शुक्रबार आफ्नो नयाँ रिमोट एमआई एयर चार्ज प्रविधि प्रस्तुत गरेको छ । यो प्रविधिमा एकैपटक धेरैवटा डिभाइस चार्ज गर्न सकिने बताइएको छ । 

साथै यसबाट फोन प्रयोग गर्दै चार्ज गर्न समेत सकिने कम्पनीले जनाएको छ । वायरलेस एयर चार्ज प्रविधिमा एउटा ठूलो ट्रान्समिटर जस्तो उपकरण छ ।

जसलाई सबैको पहुँच हुने बैठक कोठामा राख्न सकिन्छ । ट्रान्समिटरले स्मार्टफोनलाई वायरलेस प्रविधिबाट पाँच वाट चार्ज दिन्छ ।

यस किसिमको चार्जर प्रविधिको क्यूआई स्ट्याण्डर्ड (ओपन इन्टरफेस स्ट्याण्डर्ड) सँग कुनै सम्बन्ध छैन । यो प्रविधिलाई सपोर्ट गर्ने स्मार्टफोनमा ब्युल्ट ईन ‘बिएकन एन्टेना’ सहित मिनिएचर एन्टेना एर्रे र रिसिभिङ एन्टेना एर्रे हुनुपर्दछ ।

स्मार्टफोनमा १४ वटा एन्टेना हुन्छन्, जसले चार्जिङ पाइलबाट उत्सर्जन हुने मिलिमिटर वेभ सिग्नललाई परिवर्तन गरिदिन्छ । त्यस्तो सिग्नल रेक्टिफायर सर्किटको मद्दतबाट विद्युतीय ऊर्जामा परिवर्तन हुन्छ ।

अहिलेको यो रिमोट चार्जिङ प्रविधिले धेरै मिटरसम्मको क्षेत्रमा रहेका डिभाइसहरुलाई एकसाथ चार्ज गर्न सक्छ । चार्जर र डिभाइसको बीचमा आउने भौतिक वस्तुहरुले चार्जिङ तीव्रतालाई असर नपुर्‍याउने साओमीको दाबी छ ।

तर यसमा केही सीमितताको अवस्था भने रहने कम्पनीले बताएको छ । उक्त चार्जरबाट स्मार्टवाच, फिटनेस ब्राण्ड र अन्य उपकरण पनि चार्ज गर्न सकिने छ । तर उक्त चार्जरको मूल्य भने निकै महङ्गो हुने निश्चित छ । 

हालसम्म चार्जरको रिलिज मिति घोषणा गरिएको छैन । साथै चार्जर सार्वजनिक भए पनि यो अहिले नै बजारमा सिपिङ हुने वा नहुने बारे पनि कुनै टुङ्गो छैन ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४