close

बैंक अफ काठमाण्डूको खाता खल्तीमा लिंक गर्दा तुरुन्तै सय रुपैयाँ बोनस पाइने

टेकपाना टेकपाना

माघ १८, २०७७ १३:७

बैंक अफ काठमाण्डूको खाता खल्तीमा लिंक गर्दा तुरुन्तै सय रुपैयाँ बोनस पाइने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती वालेट प्रयाेग गर्दा बाेनस पाउने भएका छन् । यसअन्तर्गत खल्ती एपकाे ‘खल्ती बैंक डाइरेक्ट’ फिचर प्रयोग गरेर आफ्नो बैंक अकाउन्ट खल्ती वालेटमा लिङ्क गराउँदा तुरून्तै एक सय रुपैयाँ बोनस पाइनेछ ।

याे बाेनस प्राप्त गर्न बैंकका ग्राहकले माेबाइल बैंकिङ सुविधा लिनुपर्नेछ । बीओकेमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा सीधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ। बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन ।

‘खल्ती बैंक डाइरेक्ट’ फिचरबाट पैसा पठाउन मात्रै नभई प्रयोगकर्ताले हरेक प्रकारका भुक्तानी गर्ने सुविधा प्राप्त गर्दछन् ।

यसकाे प्रयाेग गरेर माेबाइलबाटै टपअप, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद र होटेल रुम बुकिङ गर्न सकिन्छ ।

त्यस्तै ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु खल्तीबाट लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१