काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । साेमबार प्रकाशित नतिजा राष्ट्रिय परीक्षा बोर्डकाे वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
साथै एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि NEB<Space>Symbol No. टाइप गरी 1600 मा एसएमएस पठाउनुपर्ने हुन्छ ।
त्यस्तै नेपाल टेलिकमकाे 1601 नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिन्छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । यसपटक ४० प्रतिशत पूर्णांकको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णांकको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णांकको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ का विद्यार्थीको परीक्षाफल निकालिएको हो ।