close

अब ओमानको रेमिट्यान्स सिटी एक्सप्रेसमार्फत मोबाइल वालेटमा

टेकपाना टेकपाना

माघ १९, २०७७ १७:३

अब ओमानको रेमिट्यान्स सिटी एक्सप्रेसमार्फत मोबाइल वालेटमा

काठमाडौं । अब ओमानबाट समेत सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सकिने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सञ्जाल विस्तार गर्दै ओमानबाट समेत आफ्नो सेवा सुरु गरेको हो ।

ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेञ्ज लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको कम्पनीले जनाएको छ । यससँगै ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सहजै नेपालमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाइएको पैसा नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न समेत सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोडर्न एक्सचेञ्जतर्फबाट प्रबन्ध निर्देशक हर्मुज्दा बी डाभरे हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले नेपालको रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

विगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको कम्पनीले आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु रहेका छन् । जहाँबाट छिटो, सहज र सुरक्षित रुपमा भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्ने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१