close

औद्योगिक क्षेत्रमा डिजिटल रुपान्तरण ल्याउन ह्वावेले सार्‍यो ५ मुख्य आधार

टेकपाना टेकपाना

माघ २०, २०७७ १४:३

औद्योगिक क्षेत्रमा डिजिटल रुपान्तरण ल्याउन ह्वावेले सार्‍यो ५ मुख्य आधार

काठमाडौं । ह्वावेले सातौं ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० प्रतिवेदन जारी गरेको छ । यसअन्तर्गत कम्पनीले उद्योगलाई डिजिटल रूपान्तरण गर्ने चरणवद्ध आधारहरू प्रस्तुत गरेकाे छ ।

यी आधारमार्फत उद्योगलाई डिजिटल रुपान्तरणका साथै प्रतिफलमा सहयोग पुर्‍याउने कम्पनीकाे विश्वास छ । उद्योग डिजिटाइल प्रणालीमा जाँदा देशको उत्पादकत्व बढाउन, आर्थिक सुधार गर्न र भविष्यमा प्रतिस्पर्धात्मक बजारको विकास गर्न मद्दत पुर्‍याउन सकिने विश्वास गरिएकाे छ ।

ठूला अर्थ व्यवस्थासँगको दूरी घट्ने

प्रतिवेदनले ग्लोबल कम्पिटेटिभनेश इन्डेक्स (जीसीआई) अर्थात विश्वको प्रतिस्पर्धात्मक सूचांक विश्लेषण गरेको छ । जसमा सन् २०१५ देखि सुरुवाती अर्थ व्यवस्था भएका मुलुकको औषत स्कोर वृद्धि हुँदै आएको छ ।

त्यस्तै उनीहरुको वार्षिक वृद्धिदर पनि उच्च रहेको छ । यसले सुरुवाती अर्थ व्यवस्था भएका मुलुकले विस्तारै ठूला अर्थ व्यवस्था भएका मुलुकसँगको दूरी कम गरिरहेको देखाएकाे छ । यसको कारण प्रविधिको प्रयोग रहेकाे ठम्याई प्रतिवेदनकाे छ ।

प्रतिवेदन अनुसार सुरुवाती अर्थ व्यवस्था भएका देशमा ब्रोडब्यान्डको पहुँचमा उल्लेखनीय वृद्धि भएको छ । त्यस्ता देशमा औसत मोबाइल ब्रोडब्यान्डको पहुँच २.५ गुणाले बढेको छ ।

फोरजीको प्रयोगकर्ता एक प्रतिशतबाट बढेर १९ प्रतिशतमा पुगेको छ । भने, मोबाइल ब्रोडब्यान्ड २५ प्रतिशतले सस्तो भएको छ ।

यस्ता तथ्यांकले त्यस्ता देशहरुमा डिजिटल रुपमा सेवा विस्तार गर्न र नयाँ अवसरहरुलाई आत्मसाथ गर्न सहज बनाएको देखाएको छ ।

यसका साथै त्यस्ता देशमा ई–कमर्समा हुने खर्च २०१४ को तुलनामा दोब्बरले वृद्धि हुँदै प्रति व्यक्ति २ सय अमेरिकी डलर पुगेको प्रतिवदेनमा उल्लेख छ ।

सूचना प्रविधि बजेटको प्राथामिकता

सूचना प्रविधिका लागि हरेक देशले बजेटको प्राथामिकतामा राख्दै आएका छन् । विकसित र विकासाेन्मुख देशहरुले गैरआईटी क्षेत्रको बजेटलाई पहिलको भन्दा ३ गुणा कम गरेर भएता पनि आईटी क्षेत्रमा बजेट उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।

जसका कारण जुन देशमा अहिले सक्षम डिजिटल पूर्वाधार रहेको छ, उनीहरुले कोरोनाबाट अर्थतन्त्रमा परेको असरबाट छिट्टै बाहिर निस्किन सक्ने स्थितिमा रहेका छन् ।

आर्थिक क्षेत्रमा भएको डिजिटल रूपान्तरणले अर्थ व्यवस्थालाई उकास्न मद्दत गर्ने देशहरूले राम्रो प्रतिफल प्राप्त गर्नका लागि हाल विद्यमान प्रणालीसँग मिल्ने किसिमको प्रविधिमा लगानी गर्न जरुरी रहेको उल्लेख छ ।

सामान्यतया, अर्थतन्त्र विभिन्न क्षेत्रको संयोजनबाट बनेको हुन्छ । त्यसमध्ये पनि कुनै एक वा दुई क्षेत्र बढी हावी हुनसक्छ ।

त्यसैले जीसीआई २०२० प्रतिवेदनले एउटा देशको आईसीटी रणनीति क्षेत्रगत रुपमा आफ्नो सञ्चित क्षमताका आधारमा बनेको हुनुपर्ने बताएको छ । उद्योग जस्तोसुकै भएता पनि डिजिटाइजेशनले थप भ्यालु प्रदान गर्नेछ ।

त्यसैले जीसीआई प्रतिवेदले आर्थिक क्षेत्रको डिजिटल रूपान्तरणको लागि पाँच मुख्य चरण प्रस्ताव गरेको छ :

पहिलो चरण : कार्य दक्षता, यसले उद्योगमा काम गर्ने हरेक व्यक्तिलाई ट्रयाकिङ गरी उसको कार्यक्षमता मूल्याङ्कनलाई जोड दिएको छ ।

दोस्रो चरण : कार्यात्मक दक्षता, आईसीटीमा आधारित कम्प्युटराइज तथा स्वचालित प्रणालीले एकै पटकमा धेरै काम सञ्चालन गर्न मद्दत गर्नेछ । भने, सही तरिकाले जानकारी आदान-प्रदान गर्न मद्दत गर्नेछ ।

तेस्रो चरण : प्रणाली दक्षता, यो चरणले उद्योगमा प्रयोग हुने प्रणालीको डिजिटाइजेनसलाई केन्द्रित बनाएको छ । जसमा कनेक्टिभिटी र क्लाउड वेब सर्भिसको आवश्यकता पर्नेछ ।

चौंथो चरण : संगठनात्मक दक्षता, उद्योग डिजिटाइज भयो, भित्रका सम्पूर्ण कुरा क्लाउडमा आधारित भए, सबै प्रणालीलाई एउटै सिस्टममा कनेक्ट गरियो । अब भनेको त्यसको प्रभावकारी व्यवस्थापन हो । त्यसका लागि आईओटी र आर्टिफिसियल इन्टिलिजेन्समा सिस्टममार्फत रियल टाइममा डेटाको विश्लेषण गरी हेर्न सक्ने बनाउन आवश्यक हुन्छ ।

पाँचौं चरण : इकोसिस्टम, यदि उद्योग पूर्ण रुपमा डिजिटाइज भएको खण्डमा बजारको आवश्यकता अनुसार चाहेको समयमा आफूलाई परिमार्जन गर्न सकिन्छ । फाइभजी, आईओटी, रोबाेटिक जस्ता प्रविधिको उपस्थितिमा व्यापारको नयाँ मोडल, कार्य विधि र उत्पादनको डिजिटाइजेसनमा नयाँ अवसर उपलब्ध हुने हुँदा त्यसका लागि उद्योग तयार भएर बस्न आवश्यक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१