close

अमेजनको सीईओबाट राजीनामा दिँदै जेफ बेजोस

टेकपाना टेकपाना

माघ २१, २०७७ १२:३४

अमेजनको सीईओबाट राजीनामा दिँदै जेफ बेजोस

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले ईकमर्श जाइन्ट कम्पनी अमेजनको कार्यकारी प्रमुख पद सीईओबाट राजीनामा दिने भएका छन् । बेजोसले उक्त कम्पनी ३० वर्षअघि आफ्नो ग्यारेजबाट सुरु गरेका थिए । 

अमेजनको सीईओ पदबाट राजीनामा दिएपछि आफूले अन्य भेन्चरमा समय र उर्जा खर्च गर्न पाउने उनले बताएका छन् ।  बेजोसको राजीनामापछि अमेजनको सीईओ पदमा अमेजनकै क्लाउड कम्प्युटिङ विजनेसका प्रमुख एन्डी ज्यास्सी आसिन हुनेछन । 

अमेजनका कर्मचारीहरुलाई मंगलबार पत्र लेख्दै बेजोसले भनेका छन्, ‘अमेजनको सीईओ हुनु भनेको एकदमै भारी उत्तरदायित्व लिनु र समय धेरै खर्चिनु हो । जब तपाईको काँधमा यस्तो किसिमको जिम्मेवारी आइपर्छ, तब अरु कुरामा ध्यान दिन सम्भव नै हुन्न ।’

पूर्व कार्यकारी प्रमुखको रुपमा आफू अमेजनका अन्य महत्वपूर्ण काममा भने सहभागी भइरहने उनले बताए । अमेजनबाट बिदा लिएपछि डे वान फण्ड, द बेजोस अर्थ फण्ड, ब्ल्यु ओरिजिन, वासिङटन पोस्ट र आफ्ना अन्य प्यासनमा केन्द्रित रहेर काम गर्ने बताएका छन् । 

५७ वर्षे बेजोसले १९९४ मा अनलाइन बुकस्टोरबाट अमेजन सुरु गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१