close

तपाईंको ड्राइभिङ लाइसेन्स कहिले आउँछ ? अनलाइनबाटै यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

माघ २३, २०७७ १४:३३

तपाईंको ड्राइभिङ लाइसेन्स कहिले आउँछ ? अनलाइनबाटै यसरी थाहा पाउनुहोस्

काठमाडौं । सवारी अनुमतिपत्रका लागि ट्रायल पास त गरियो तर, लाइसेन्स आउने कहिले त्यो यकिन हुँदैन । त्यसो हुँदा स्मार्ट ड्राइभिङ लाइसेन्स कहिले आउँछ भनेर कि त कार्यलय धाउनुपर्‍यो कि यातायात कार्यालयहरुको फेसबुक पेज ‘एकान्तकुना लाइसेन्स’ मा पर्खिएर बस्नुपर्‍यो ।

यस्तो खालको वाध्यता लामो समयदेखि छ । अथवा मोबाइलबाटै म्यासेज पठाएर जानकारी लिने अर्को विकल्प छ । यातायात कार्यालयले विगत केही समयदेखि लिखित परीक्षाको नतिजा र स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको एसएमएसबाटै हर्ने सकिने बनाएको छ ।

लिखित परीक्षाको नतिजा हेर्नका लागि डब्लुटी (WT) लेखी एक स्पेस दिने, त्यसपछि आवेदन दिने बेलाको दर्ता नम्बर लेखी ३३००१ मा एसएमएस गर्न सकिन्छ ।

त्यसैगरी स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि एलसी (LC) लेखी एक स्पेस दिने, त्यसपछि आवेदन दिँदाको दर्ता नम्बर लेखेर ३३००१ मा एसएमएस गर्न सकिन्छ ।

यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी लिन सकिने सुविधा ल्याएकाे छ । यसअन्तर्गत तपाईंको लाइसेन्स प्रिन्ट भए/नभएको साथै प्रिन्ट भएको खण्डमा कुन कार्यालय, कहाँ पठाइएको छ भन्ने जानकारी समेत उपलब्ध गराउन थालेको छ ।

त्यसका लागि तपाईंले सुरुमा यातायात कार्यालयकाे वेबसाइटमा जानुहोस् । उक्त वेबसाइटको दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिंक’हरु भन्ने सेक्सनभित्र रहेको ‘सवारी चालक अनुमतिपत्र खोजी’ भन्ने अप्सनमा क्लिक गर्नुहोस । अथवा यहाँ क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गरेसँगै त्यहाँ तपाईंले नाम, ड्राइभिङ लाइसेन्स नम्बर लगायतका आवश्यक जानकारी भर्नुपर्ने हुन्छ । उक्त स्थानमा आवश्यक जानकारी भरी दाँया साइडमा रहेको ‘Check Status’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

यति गरेसँगै तपाईंले त्यहाँ तपाईंको लाइसेन्स प्रिन्ट भएको वा नभएको जानकारी प्राप्त गर्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१