close

रंगभेदी मानिस पहिचान गर्ने प्रविधि आविष्कार, यसरी गर्छ काम

टेकपाना टेकपाना

माघ २४, २०७७ १७:५४

रंगभेदी मानिस पहिचान गर्ने प्रविधि आविष्कार, यसरी गर्छ काम

काठमाडौं । अमेरिकास्थित भर्जिनिया विश्वविद्यालयको एक अनुसन्धान टोलीले रंगभेदी शारीरिक संकेत पहिचान गर्ने एउटा एआई सिस्टम विकास गरेको छ । उक्त अनुसन्धान टोलीले एउटा वेयरेबल डिभाइस (लगाउन मिल्ने उपकरण) निर्माण गर्ने छन्, जसले व्यक्तिको दिमागमा आएको रंगभेदी सोचाइलाई तत्कालै पहिचान गर्न सक्दछ । 

यसले कसरी काम गर्दछ ?

अहिलेको मापदण्ड अनुसार कसैको रंगभेदी अभिव्यक्ति पहिचान गर्न इम्प्लिसिट असोशिएसन टेस्ट गर्ने गरिन्छ । आधारभूत रुपमा तपाईंलाई तस्वीर तथा अक्षरहरुको श्रृंखलालाई हेर्नुहुन्छ र त्यसलाई ‘उज्यालो छाला’, ‘अध्याँरो छाला’, ‘राम्रो’ र ‘नराम्रो’ सँग सम्भव भएसम्म चाढो जोड्नुहुन्छ ।

हाभर्ड वेबसाइटको यहाँ गएर तपाईंले आफै आफ्नो परीक्षण पनि गर्न सक्नुहुन्छ । बाहिरी व्यक्तिहरुलाई धम्कीपूर्ण प्रतिक्रिया दिने संकेतहरु त शारीरिक रुपमै पनि मापन गर्न सकिने अनुसन्धानहरुले देखाइसकेका छन् ।

सजिलो शब्दमा भन्नुपर्दा कुनै पनि व्यक्तिले आफूभन्दा फरक देखिने अर्को व्यक्तिलाई देख्दा एउटा भिन्दै किसिमको शारीरिक प्रतिक्रिया दिइरहेको हुन्छ, जसलाई मापन गर्न सकिन्छ । 

उक्त यूभीए टिमले यी दुवै अवधारणालाई एकीकृत गरेका छन् । उनीहरुले ७६ जनाको भोल्युन्टियरको समूह तयार पारेर उक्त इम्प्लिसिट असोशिएसन परीक्षण गरेका थिए, जसमा वेयरेबल डिभाइसहरु लगाएर शारीरिक प्रतिक्रिया मापन गरिएको थियो । 

यो अध्ययनमा मसिन लर्निङ सिस्टम विकास गरेर डेटालाई विश्लेषण गर्ने तथा इन्फ्रेरेन्सहरु बनाउने योजना समावेश गरिएको छ । 

त्यसो त कुनै पनि शारीरिक प्रतिक्रियाको समायोजनले कसैको आन्तरिक धारणालाई मापन गर्न सक्नु त्यति विश्वसनीय मानिदैँन । तर टिमले आफ्नाे रिसर्च पेपरमा लेखेको छ, 

‘हाम्रो मसिन लर्निङ तथा तथ्याङ्क विश्वलेषणले शारीरिक संकेतले आंकलन गर्ने इम्प्लिसिट बायस ७६.१ प्रतिशत तथ्यगत हुन्छ ।’ तर यो कुनै बटमलाइन होइन । किनभने मसिन लर्निङको क्षेत्रमा ७६.१ प्रतिशतलाई न्यून थ्रेसहोल्डमा मानिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१