close

साओमीले यसै वर्ष ५ हजार इन्जिनियरलाई जागिर दिँदै

टेकपाना टेकपाना

माघ २६, २०७७ ११:५५

साओमीले यसै वर्ष ५ हजार इन्जिनियरलाई जागिर दिँदै

काठमाडौं । चीनको इलेक्ट्रोनिक्स कम्पनी साओमीले सन् २०२१ भित्र थप ५ हजार इन्जिनियरलाई रोजगारी दिने भएको छ । साओमीमा हाल १० हजारभन्दा बढी इन्जिनियर कार्यरत छन् ।

२०२१ मा साओमीलाई हरेक इन्जिनियरको सपनाको कम्पनी बनाउने योजना छ । यही याेजना साकार पार्न कम्पनीले विभिन्न विधामा काम गर्ने इन्जिनियर लिन लागेकाे हाे ।

कम्पनीका सीईओ लेई जूनले एमआई फ्यानहरुसँग कुरा गर्दै साओमीले अनुसन्धान र नवप्रवर्तनमा काम गर्न जनशक्ति थप्न लागेकाे जानकारी दिए ।

उनले निरन्तर रुपमा अनुसन्धानको क्षेत्रमा लगानी बढाइरहेको समेत बताए । उनका अनुसार कम्पनीले सन् २०२० मा अनुसन्धान एवं विकास (आर एन्ड डी) का लागि १० बिलयन डलर अर्थात ११ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

सीईओ जूनले थप ३० देखि ४० प्रतिशत रकम यो वर्ष खर्च गरिने जानकारी दिए । यसकाे अर्थ कम्पनीले सन् २०२१ मा १३ अर्ब डलरदखि १४ अर्ब डलरसम्म अनुसन्धानका लागि खर्च गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१