close

ह्वाट्सएपमा अब म्युट गरेर भिडिओ पठाउन मिल्ने, यस्तो छ नयाँ फिचर

टेकपाना टेकपाना

माघ २६, २०७७ १८:११

ह्वाट्सएपमा अब म्युट गरेर भिडिओ पठाउन मिल्ने, यस्तो छ नयाँ फिचर

काठमाडौं । ह्वाट्सएपले भिडिओ पठाउनुअघि उक्त भिडिओ क्लिपको साउन्डलाई बन्द गरेर पठाउन सकिने फिचर ल्याएको छ ।

उक्त फिचर कम्पनीले ह्वाट्सएपको नया भर्सन २.२१.३.१३ मा उपलब्ध गराएको छ । नयाँ भर्सन हाल परीक्षणका क्रममा रहेकाले बेटा टेस्टर प्रयोगकर्तालाई मात्र यो फिचर उपलब्ध छ ।

जसअनुसार प्रयोगकर्ताले ‘म्युट भिडिओ फिचर’ प्राप्त गर्नेछन् । यसमार्फत अन्य साथीलाई भिडिओ पठाउनुअघि त्यसको साउण्ड बन्द गरेर पठाउन सकिनेछ ।

ह्वाट्सएपको नयाँ फिचर ट्याक गर्ने संस्था वाबेटाइन्फोका अनुसार उक्त फिचर भिडिओ इडिटिङ स्क्रिनमा रहेको छ ।

Whatsapp mute video inline whatsapp

जुन भोल्युम आइकनका साथ आउने छ । उक्त आइकनमा क्लिक गर्दा पठाउने भिडिओको साउन्ड बन्द हुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१