close

अनलाइन दुरुपयोगबाट युवा र बालबालिकालाई बचाउन श्वेतपत्र जारी हुँदै

टेकपाना टेकपाना

माघ २७, २०७७ १३:१०

अनलाइन दुरुपयोगबाट युवा र बालबालिकालाई बचाउन श्वेतपत्र जारी हुँदै

काठमाडौं । चाइल्ड सेफ नेट नामक संस्थाले अनलाइनबाट हुने विभिन्न दुरुपयोगबाट युवा र बालबालिकालाई बचाउन श्वेतपत्र जारी गर्ने भएको छ । मंगलबार राजधानीमा हुने एक कार्यक्रममा सो संस्थाले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

चाइल्ड सेफ नेटले युनिसेफ नेपालको सहयोगमा बालबालिका र युवालाई अनलाइन सुरक्षाको बारेमा श्वेत पत्र तयार पारेको छ । यसमा बच्चा र युवामा हने अनलाइन हानीको जोखिम, खतरा, विद्यमान नीति र योजनाहरु, रेस्पोन्स र मेकानिजम लगायतका विषय समेटिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१