काठमाडौं । पछिल्लो समय भ्यालेन्टाइन्स युवा पुस्ताहरूमाझ निकै लोकप्रिय बनेको छ । फेब्रुअरी १४ तारिखका दिन मनाइने यसै दिवसको अवसरमा एनआईसी एसिया बैंकले गतिशील बैंकिङको निरन्तरता स्वरूप आफ्ना ग्राहकहरूका लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अनुसार बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईपीजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्नेछ । यस अन्तर्गत डिजिटल माध्यमबाट कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनरको अवसर प्रदान गर्नेछ ।
यो योजना माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ । मोबाइल बैंकिङ सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस द्वारा भुक्तानी गर्ने र ई–कमर्सबाट कारोबार गर्ने ग्राहकरु यो योजनामा सहभागी हुनेछन् ।
चार वटै च्यानलबाट गरी प्रतिच्यानल ५ जनाका दरले कुल २० जना भाग्यशाली ग्राहकलाई गोलाप्रथामार्फत डिनरका लागि छनौट गरिनेछ । योजना अवधिभर ५०० रुपैयाँभन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ र सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकको विजेता बन्ने उच्च सम्भावना बढी रहने बताइएको छ ।
काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यो योजनामा समावेश भई विजेता बनेको खण्डमा त्यस्ता ग्राहकहरुका लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ । चार वटै डिजिटल च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने एक एक जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था समेत गरेको छ ।
त्यसैगरी नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्ने मध्येबाट प्रथम १०० जनालाई बैंकले १०० रुपैयाँको मोबाइल टपअप प्रदान गर्ने योजना समेत ल्याएको छ । यो योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने समावेश गरिएको छैन ।
यो योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । एनआईसी एसिया देशकै सबैभन्दा धेरै शाखा संजाल भएको बैंक हो ।