काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप ‘हाम्रो पात्रो’ले भ्यालेन्टाइनको अवसरमा कुण्डली मिलानमा २० प्रतिशत छूट दिन थालेको छ । कम्पनीले एपमा उपलब्ध ‘हाम्रो ज्योतिष’ सेवामा यस्तो छूट उपलब्ध गराउन थालेको हो ।
नेपालको पहिलो भिडियो परामर्श सेवाको रुपमा रहेको ‘हाम्रो ज्योतिष’मार्फत कुण्डली बनाएर प्रमाणीत ज्योतिषहरुसँग परामर्श लिन सकिन्छ । यो सेवाका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।
कुण्डली बनाउनका लागि यसमा जन्म मिति, जन्मेको समय र जन्म स्थल राख्नुपर्ने हुन्छ भने गुण मिलानका लागि केटा र केटीको जन्म मिति र जन्मेको समय राख्नपर्ने हुन्छ । ‘हाम्रो पात्रो’ले यो सेवा बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म र बेलुका ७ बजेदेखि ९ बजेसम्म उपलब्ध गराउँदै आएको छ ।
२०७६ असोजमा सुरु भएको ‘हाम्रो ज्योतिष’मार्फत हालसम्म १० हजारभन्दा बढीले सेवा तथा परामर्श लिइसकेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आवश्यकता अनुसार यो सेवा हाम्रो पात्रोको एन्ड्रोइड तथा आईओएस एप र वेबसाइटमार्फत लिन सक्छन् ।
यसरी प्रयोग गर्नुहोस् हाम्रो ज्योतिष सेवा
‘हाम्रो पात्रो’को निकै लोकप्रिय ‘हाम्रो ज्योतिष’ सेवामार्फत दैनिक दर्जनौंले रोजगारी, शिक्षा, वैदेशिक रोजगार, व्यापार-व्यवसाय लगायतका विषयमा ज्योतिषीय परामर्श लिँदै आएका छन् । सामान्यतयाः ७५० रुपैयाँको टिकट खरिद गरी ‘हाम्रो ज्योतिष’ सेवा लिन सकिन्छ ।
तर कम्पनीले भ्यालेन्टाइनको अवसरमा फेब्रुअरी १४ सम्म २० प्रतिशत छूटका साथ ६०० रुपैयाँमै यो सेवा उपलब्ध गराउँदै आएको छ । टिकेट लिइसकेपछि प्रयोगकर्ताले भिडियो कलमार्फत ज्योतिषसँग जतिसुकै प्रश्नहरु सोध्न पाउने ‘हाम्रो पात्रो’ले जनाएको छ ।
ईसेवा, खल्ती, कनेक्ट आईपीएस सहित विदेश बाहिर रहेका प्रयोगकर्ताले अन्तर्राष्ट्रिय कार्डमार्फत ‘हाम्रो ज्योतिष’को टिकट खरिद गर्न सक्छन् । साथै गुगल पे र पेपालमार्फत समेत यसको भुक्तानी गर्न सकिन्छ ।
कम्पनीले प्रयोगकर्ताको गोपनीयता उच्च प्राथमिकताका साथ कायम गरिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।