close

टिकटकका भिडियो इन्स्टामा अपलोड गर्न रोक, यसरी हटाउनुहोस् लोगो र वाटरमार्क

टेकपाना टेकपाना

फागुन १, २०७७ १३:२८

टिकटकका भिडियो इन्स्टामा अपलोड गर्न रोक, यसरी हटाउनुहोस् लोगो र वाटरमार्क

काठमाडौं । आफ्नो रिल्सको सेक्सनलाई प्रदुषित गरेको भन्दै इन्स्टाग्रामले टिकटकविरुद्द कडा नीति अख्तिायर गरेको छ । फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्रामले अब वाटरमार्क, लोगो वा लो रिजोलुसनका कारण ब्लर भएका भिडियोहरु पोस्ट हुन बन्देज लगाएको हो ।

इन्स्टाग्रामले यसबारे थप विस्तृत रुपमा बताएको छैन । तर कम्पनीले आफ्नो रिल्सको प्रतिस्पर्धी कम्पनी टिकटक र भिडियो क्रिएटरहरुको कन्टेन्ट रिसाइकल गर्ने बानीलाई निशाना बनाएको स्पष्ट छ ।

इन्स्टाग्रामले रिसाइकल भिडियोलाई अब रिल्सको ट्याबमा रेकमेन्ड वा प्रोमोट नगर्ने बताएको छ । ती भिडियोहरुरु क्रिएटरको फिड र उनीहरुको फलोअर्सलाई देखिन्छ । तर अबबाट त्यसलाई रिल्सको डिस्कभरी ट्याबमा भने देखिने छैन ।

इन्स्टाग्रामको यो नीतिले रिसाइकल गरिने टिकटक भिडियो सामग्रीलाई दबाएर क्रिएटरहरुलाई ताजा सामग्री बनाउन दबाब सृजना गर्नेछ ।

टिकटक भिडियोबाट यसरी हटाउनुहोस् वाटरमार्क

टिकटकको यस प्रकारको नीतिले कन्टेन्ट क्रिएटरलाई भने हैरानी दिनेछ । किनभने अब उनीहरुले एउटै भिडियो इन्स्टा र टिकटकका लागि छुट्टा छुट्टै बनाउनु पर्नेछ । यसका लागि तपाईंले कुनै पनि प्लेटफर्ममा भिडियो अपलोड गर्नुअघि त्यसको फुटेज सेभ गर्नुपर्नेछ ।

ताकि तपाईंले उत्कृष्ट गुणस्तर पाउन सक्नुहोस् । तर यदि तपाईंले त्यस्तो गर्न बिर्सनुभयो भने तपाईं पहिले सिधै टिकटककै लागि भिडियो बनाउनुहुन्छ । किनभने टिकटक भिडियोलाई इन्स्टामा अपलोड गर्न खुल्ला छ ।

तर अबको नयाँ इन्स्टाको एल्गोरिदमले यसलाई अवरोध उत्पन्न गराउने छ । इन्स्टाको नयाँ एल्गोरिदमले टिकटको वाटरमार्क र लोगोलाई डिटेक्ट गर्ने हुँदा तपाईंले म्युजिकल्ली डाउन (म्याट नाभार्राबाट) जस्तो वेब सर्भिस प्रयोग गरेर भिडियोको वाटरमार्क हटाउन सक्नुहुन्छ ।

यसका लागि टिकटक भिडियोको लिङ्क कपि गर्नुहोस् । म्युजिकल्ली डाउनको यूआरएल बक्समा त्यस लिङ्कलाई पेस्ट गरिदिनुहोस् र डाउनलोड बटनमा क्लिक गर्नुहोस् ।

यति गरेपछि तपाईंको टिकटक भिडियोको दुबै लोगो र वाटरमार्क हट्छ । इन्स्टाको एल्गोरिदमले त्यसलाई पहिचान गर्न नसकेपछि दोहोरो कन्टेन्ट बनाउनुपर्ने झन्झटबाट तपाई बच्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३