close

एप्पल वाचका प्रयोगकर्ता १० करोड नाघे

टेकपाना टेकपाना

फागुन १, २०७७ १२:४२

एप्पल वाचका प्रयोगकर्ता १० करोड नाघे

काठमाडौं । विश्वभर एप्पल वाचका प्रयोगकर्ता १० करोड नाघेका छन् । एबभ एभालोनको एक रिपोर्ट अनुसार २०१५ देखि २०२० को अन्त्यसम्म आउँदा एप्पल वाच बोक्ने प्रयाेगकर्ताले नयाँ आँकडा पार गरेको हो ।

एप्पल वाचका लागि सन् २०२० सबैभन्दा बढी प्रभावकारी बन्यो । यो वर्ष मात्रै ३ करोड नयाँ एप्पल वाचका प्रयोगकर्ता बने, जुन संख्या २०१५, २०१६ र २०१७ का प्रयाेगकर्ता जाेड्दा पनि धेरै हाे ।

कुल आईफोन प्रयोगकर्तामध्ये १० प्रतिशतले एप्पल वाच प्रयोग गर्ने गरेको साे रिपाेर्टमा उल्लेख छ ।

Apple Watch Installed Base (Above Avalon)
Apple Watch Adoption Percentage (Global) - Above Avalon

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३